Thursday, December 24, 2015

HOW PEOPLE SURVIVE AFTER EARTH QUAKE AND BLOCKADE BY INDIA


पुस ९, २०७२- नाम्दु–८, ठोट्नेरीकी लक्ष्मी मिजार पराल ओछ्याउँछिन्, पराल ओढ्छिन् र त्यसमाथि चित्रा खाप्छिन् । तैपनि रातको चिसोले उनलाई निद्रा पर्दैन । उमेरले ७० लागेकी लक्ष्मीको छाप्रोमा ओढ्ने, ओछ्याउने छैन ।
न्यानो लुगा र पोषणयुक्त खानेकुरा पनि छैन । एक मात्र सहारा दृष्टिविहीन वृद्ध श्रीमान् पनि बिरामी परेपछि उनी झन् कष्टमा परेकी छन् । भूकम्पले घर भत्किएपछि छाप्रामा बस्नुपरेकाले चिसो बढ्दै गएपछि रात बिताउन निकै कष्ट भइरहेको उनी बताउँछिन् । ‘ठन्डीले हामी दुवैलाई रातभरि खोकी लाग्छ, मुटु फुट्लाजस्तो हुन्छ, आँखाबाट आँसु बग्छ,’ लक्ष्मीले भनिन् ।
ठोट्नेरीका अधिकांश बासिन्दा सरकारले न्यानोका लागि दिने भनिएको १० हजार रुपैयाँ कुरेर बसेका छन् । तर जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णयअनुसार यो गाउँका बासिन्दाले तत्काल यो रकम पाउने छैनन् ।
८५ करोड आवश्यक भएको दोलखालाई सरकारले ५० करोडमात्र पठाएको छ । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने उत्तरी गाविसहरू पहिलो प्राथमिकतामा राखिएकाले उक्त गाउँमा रकम जान केही ढिला हुने बताउँछन्
पश्चिमतिर फर्किएको ठोट्नेरी बस्ती अहिले चिस्यान केन्द्रजस्तै छ । यो गाउँका भूकम्पपीडितलाई जस्तापाता नदिइएकाले न्यानो टहरा कसैको पनि छैन ।
कसैकसैले पुरानो जस्तापाताको टहरा बनाएका छन्, कतिपय त्रिपाल र चित्राको छाप्राभित्र गुजार्दै छन् । त्रिपालको दैनिकी कष्टकर भएपछि कोही भने टहरा बनाउने सुरसारमा छन् ।
आएको राहत बाटामै लुटिएकाले ठोट्नेरी बस्ती अन्यायमा परेको स्थानीयवासीको गुनासो छ । केही खानेकुरा र त्रिपाल मात्र पाएका ठोट्नेरीवासीले सरकारले दिएको १५ हजार भने हात पारे । तर उक्त रकम खानेकुरा र उपचारमा सिद्धियो ।
त्यसैले यो बस्तीका बासिन्दाले आएको रकमबाट न्यानो टहरा बनाउन सकेनन् । ४५ वर्षीया राधा मिजार पाइएको रकमजति रासनपानीमै सकिएकाले चिसो छेक्न फरियाको थाङ्ना बेरेर रात कटाउनु परिरहेको दु:खेसो सुनाउँछिन् । ठोट्नेरी र डाँडागाउँमा पिउने पानीको पनि अभाव छ ।
यहाँका चेलीहरू पानीका लागि दैनिक दुई घण्टा ओहोरदोहोर गर्छन् । भुइँचालोपछि सुत्केरी भएकी डाँडा गाउँकी पार्वती ढुंगेल पानी बोक्नकै लागि बिहान ३ बजे उठछिन् ।

INDAI BLOCKED YTO NEPAL

आमजनताको घरमा चुलो बल्न नसक्ने अवस्था श्रृजना भएको पनि दुइ महिना भन्दा वढि भयो । विजुलीको भरमा जेनतेन चुलो चलाउनेहरुलाइ पनि कति वेला वत्ति जाने हो थाहै हुदैन । जनताले झेलिरहेका यस्ता समस्या समाधान गर्न मुलुकलाइ सम्बोधन गर्दा प्रधानमन्त्री केपीशर्मा ओलीले एक बर्षपछि मुलुकलाई लोडसेडिङ्ग मुक्त गराउने बचन दिनु भएको थियो ।

वाइट
तर, विद्युत उत्पादन गर्ने र लोडसेडिङ्ग घटाउने  जिम्मेवारी पाएको उर्जा मन्त्रालयमा आइतवार हामी पुग्दा उच्च अधिकारीहरुले योजनाहरुबारे छलफलै नभएको बताए ।
विहान ११ बजे मन्त्रालय पुगेका उर्जा मन्त्री टोपबहादुर रायमाझी १ बजेसम्म कार्यकर्तासँगको भेटघाटमा व्यस्त हुनुभयो । दिनभर एमाओवादी निकट निजामती कर्मचारीको राष्ट्रिय सम्मेलनको अतिथी वनेर साँझ ५ सि‌हदरवार प्रवेश नै नगरी पुलचोकस्थित मन्त्री निवासतिर लाग्नु भयो ।
पज
भारतीय नाकाबन्दीको सामना गर्न उत्तरी नाकाका सडक फराकिलो पार्न दुइ साताअघि मन्त्रिपरिषदले सम्वन्धित मन्त्रालयलाई निर्देशन दियो । सडक फराकिलो पार्ने जिम्मेवारी पाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हामी दिउँसो २ बजे पुग्दा उपप्रधानमन्त्री विजयकुमार गच्छदार कार्यकर्तासँगको भेटघाटमा व्यस्त हुनुहुन्थ्यो । मन्त्री गच्छदारसँग उत्तरी सिमाका सडक विस्तारबारे बुझ्न खोज्दा उहाँको सचिवालयले समय दिन नसक्ने बतायो ।
वाईट
कनैया ठाकुर
स्वकीय सचिव
त्यसपछि हामी सिधै वाणिज्य तथा आपूर्ति मन्त्रालय पुग्दा मन्त्री गणेशमान पुन इन्धन अनुगमन टोली प्रमुखसँगको टेलिफोन वार्तामा व्यस्त हुनुहुन्थ्यो ।
वाईट
यसअघि उहाँले इन्धन व्यापारबारे साउदी दुतावास, केही देशका तेल विक्रेताहरुसँग विभिन्न चरणमा छलफल गर्नुकासाथै नाकाबन्दी भए यता  भित्रिएको इन्धन परिणाम वारे जानकारी लिनु भएको थियो ।हामीसँग कुरा गर्दै  मन्त्री पुनले सबै विकल्प खुल्ला राखेर काम गरेपनि समाधान कहिले हुन्छ भन्ने स्थिति नभएको बताउनुभयो ।

राख्नुभयो ।
वाईट

मुलुकले जस्तो सङ्कट भोगिरहेको छ, त्यसको समाधानका लागि सरकारका सबै निकाय गम्भिर भएर लाग्नु पर्ने हो । तर, मिठा भाषण र आस्वासन दिएपनि व्यवहारमा सरकारी सबै निकाय गम्भिर भएर लागेका छैनन ।

कान्तिपुर समाचारका लागि क्यामेरामा रुपक श्रेष्ठका साथ दशरथ राई र पुष्प ढुंगाना काठमाडौँ ।